skip to main | skip to sidebar

बाँच्न सजिलो छैनः ज्योति
मेरो सानैदेखिको लक्ष्य हिरोइन बन्ने थियो। प्रकाश झाले कान्तिपुर टिभीबाट प्रसारण हुने तीते करेली टेलिफिल्ममा अभिनय गर्ने मौका दिए। त्यति बेला आठ कक्षामा पढ्थेँ र भर्खर १५ वर्ष पुगेकी थिएँ।
तीते करेली को १३-१४ भाग खेलिसकेपछि उसले मलाई स्त्रि्कप्ट घोक्न घरमै बोलायो। घर पुगेपछि मेरा नाङ्गा फोटाहरू देखाउँदै यी सबै फोटोका नेगेटिभ मसँग छ, अब मैले जे भन्यो तैँले त्यही मान्नुपर्छ; हैन भने यी फोटाहरू सबै बाहिर वितरण गरिदिन्छु भन्यो। त्यसपछि उसले जे भन्यो, जहाँ भन्यो र जतिबेला भन्यो सेक्सका लागि तयार हुनुपर्यो।
सार्वजनिक भएका भिडियो क्लिप्सहरू त्यसैबेला खिचिएका हुन्। उसले आफूसँग भएको डिजिटल क्यामेरा लुकाएर त्यस्तो दृश्य खिचेको रहेछ। अहिले त त्यसको फिल्म नै बनेको छ रे तर मैले त्यो हेरेकी छैन। के के गर्छु भन्ने सपना थियो सबै तहसनहस भयो। स्कूल राम्रोसँग पढ्न नसकेर एलएलसी दुई वर्षमा पास गरे।
त्यो भिज्युल फैलिएपछि म बजार निस्कनै हुदैनथ्यो। कतिले फोन गरेर तँलाई यति दिन्छु, उति दिन्छु यस्तो ठाउँमा आइज पनि भन्थे। यस्तो प्रस्ताव राख्नेमा इटहरीका मात्र होइन बाहिरका नाम चलेका मान्छेहरू पनि थिए। आफूलाई क्रान्तिकारी भन्ने नेताहरू पनि थिए।
अहिले क्याम्पस पढ्दैछु। त्यहाँ पनि केटाहरूले जिस्क्याएर हैरान बनाउँछन्। कोही नाम नै लिएर क्याम्पसमा भेट्न आउँछन्। अब मलाई पुरानो सबै कुरा बिर्सिन मन छ। म नयाँ जीवनको खोजीमा छु। त्यसैले मैले नाम समेत बदलेकी छु।
पाँच महिना दुबईको शारजहाँमा डान्सर काम सकेर भर्खरै घर फर्किएकी छु। हिरोइन हुने मेरो चाहना मरेको छैन। घटनापछि नै तीन वटा म्युजिक भिडियो अनि चलचित्र डार र आवाज मा काम गरेकी छु। जनयुद्ध मा काम पाइसकेकी थिएँ, यही केसको कारण खेल्न पाइनँ। अर्को महिनादेखि शुरु हुने चलचित्रको लागि काठमाडौं जाँदैछु, जुन फिल्म दशैँतिहारसम्ममा रिलिज हुने कुरा छ।
२० वर्षकै उमेरमा धेरै नसोचेका कुरा भोगिसकेका कारण म भोलि यही नै हुन्छु भनेर भन्न सक्ने अवस्थामा छैन। तर एउटा पछुतो भने सधैँ रहिरहनेछ। समयमै सारा कुरा परिवारलाई भन्न सकेको भए आज म यस्तो अवस्थामा हुने थिइनँ होला। यदि मेरो जस्तो घटना अरू माथि पनि भइरहेको छ भने घरका मान्छेलाई सबै कुरा भन्न म उनीहरूलाई अनुरोध गर्दछु। मैले त यस्तो दिन भोग्नु पर्यो-पर्यो, तर अब अरू कसैले अर्की ज्योति खड्का बन्नु नपरोस्। [source: himalkhabar.com]
Nepalese beautiful girls challenges the world
About Me
Friday, August 15, 2008
Jyoti Khadka
Jyoti Khadka is the rising nepalese hot and sexy photogenic model of Nepal. She is also an actress.

Subscribe to: Posts (Atom)
Design by: Bishal Gurung